पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ ।
पोखरा रंगशालामा नेपाल र श्रीलंकाबीचको खेल १० बजे सुरु हुनेछ । श्रीलंकासँग हुने खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकासँग खेल्ने टिमको घोषणा गरेका हुन् ।
टिममा एन्जिला सुब्बा, पुनम जर्गा मगर,अमृता जैशी, हिरा कुमारी भुजेल, रेनुका नगरकोटी, सावित्रा भण्डारी, अनिता बस्नेत, गीता राना, निरु थापा, अन्जली कुमारी वाइबा र दिपा राई रहेकी छिन् ।