एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
आइतबार राती भएको खेलमा युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
ओल्ड ट्राफोर्डमा खेलको ११ औं मिनेटमा ज्याक ग्रेआलिसले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा टम हिटनले आत्मघाती गोल गर्दा युनाइटेड खेलमा फर्किएको थियो ।

खेलको ६४ औं मिनेटमा भिक्टर लिन्डेलोफले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । तर, खेलको ६६ औं मिनेटमा ट्रोने मिङ्सले गोल गर्दै एस्टनलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यो बराबरीसँगै युनाइटेडले १४ खेलबाट १८ अंक जोडेको छ । युनाइटेड लिगको नवौं स्थानमा रहेको छ । एस्टन १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
