एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल नर्विच सिटीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
नर्विचको मैदानमा पिएरे इम्रिक औवामियाङ चम्किदा आर्सनल हारबाट जोगिएको हो ।
खेलको २१ औं मिनेटमा टिमु पुक्कीले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा औवामियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।
खेलको ४५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई पुन: २-१ को अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनल १४ खेलबाट १९ अंक जोडेको छ । आर्सनल लिगको आठौं स्थानमा रहेको छ ।
नर्विच ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।