एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिख घरेलु मैदानमा पराजित भएको छ ।
शनिबार राति भएको खेलमा वायर्नलाई वायर लिभरकुसेनले २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १० औं मिनेटमा लियोन बेलीले गोल गर्दै लिभरकुसेनलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
तर, खेलको ३५ औं मिनेटमा बेलीले गोल गर्दै लिभरकुसेनलाई २-१ को जित दिलाए । यस्तै खेलको ८१ औं मिनेटमा जोनाथनले रातो कार्ड पाउँदा लिभरकुसेन अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको थियो ।
यो हारसँगै वायर्न लिगको चौंथो स्थानमा झरेको छ । वायर्नले १३ खेलमा २४ अंक जोडेको छ । लिभरकुसेन २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा बोरुसिया डर्टमण्डले हेर्थ बर्लीनमाथि २-१ को जित निकालेको छ ।
डर्टमण्डलाई जित दिलाउन जाडोन सान्चो र थोर्गन हजार्डले एक एक गोल गरे । हेर्थका भ्लादमिर दारिदाले एक गोल फर्काए ।
जितपछि डर्टमण्डले १३ खेलमा २३ अंक जोडेको छ र लिगको पाँचौं स्थानमा रहेको छ ।