एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित दर्ता गरेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले बर्नेमाउथलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेली अलीले दुई गोल गरे । यस्तै मौसा सिसोकोले एक गोल थपे ।
बर्नेमाउथका ह्यारी विल्सनले दुई गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।
यो जितसँगै जोसे मोरिन्होको प्रशिक्षणमा टोटेहमले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
जितसँगै टोटेनहम १४ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । १६ अंक जोडेको बर्नेमाउथ १२ औं स्थानमा रहेको छ ।
