काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलका चेल्सीले नमिठो हार ब्यहोरेको छ ।
आईतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सी वेस्ट ह्याम युनाईटेडसंग हारेको छ ।
चेल्सीलाई निराश बनाउन आरोन क्रिसवेलले ४८ औ मिनेटमा विजयी गोल गरे ।
म्यानुयल पेलेग्रिनी नेतृत्वको वेस्ट ह्यामले पछिल्लो ७ खेलको जित विहिन यात्रामा पुर्णविराम लगाएको छ । जसले मुख्य प्रशिक्षक पिलग्रिनीलाई केही राहत मिलेको छ ।
चेल्सीले खेलको अन्तिमतिर गोलको राम्रो अवसर प्राप्त गरेको थियो । तर क्रिस्टियन पुलिसिक गोल गर्न चुकेका थिए । खेलमा राम्रो दबाब सिर्जना गरेपनि चेल्सी खेल बराबरी गर्न असफल रह्यो ।
चेल्सी १४ खेलबाट २६ अंक सहित तालिकाको चौथो स्थानमा छ । जित निकालेको वेस्ट ह्याम १६ अंक सहित १३ औ स्थानमा उक्लिएको छ ।