एजेन्सी । साविक विजेता पोर्चुगल आगामी वर्ष आयोजना हुने युरोकप फुटबलको कठिन समूहमा परेको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार पोर्चुगल कठिन मानिएको समूह 'एफ' परेको हो ।
समूह 'एफ' मा रहेको पोर्चुगलसहित विश्व विजेता फ्रान्स, जर्मनी रहेका छन् । एक टिम भने प्ले अफ छनोटबाट आउने छन् ।
यस समूहलाई युरोकपको ग्रुप अफ डेथ मानिएको छ । र, यस समूहबाट उत्कृष्ट एक टिम समूह चरणबाटै बाहिरिने सम्भावना देखिएको छ ।
यस्तै समूह 'ए' मा इटाली, स्विट्जरल्यान्ड, टर्की र वेल्स रहेको छ ।
समूह 'बी' मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड रहदा समूह 'सी' मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टिम प्ले अफबाट आउने टिम रहेका छन् ।
समूह 'डी' मा इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टिम रहेको छ । त्यस्तै समूह 'ई' मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टिम रहेको छ ।
सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने युरोकपमा २४ टिमको सहभागिता रहनेछ । यस पटक युरोपको विभिन्न १२ राष्ट्रमा सयुक्त रुपमा आयोजना हुनेछ ।
अँ