एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा सिटी न्युकासल युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
न्युकासलको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो ।
खेलको २२ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जेट्रो विलियम्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुयनले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ८८ औं मिनेटमा जोन्जो शेल्भेले गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।
यो बराबरीसँगै सिटी १४ खेलमा ३१ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । १५ अंक जोडेको न्युकासल १४ औं स्थानमा रहेको छ ।