एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लब आउनु अघि मुख्य प्रशिक्षकका लागि आर्सनलसँग कुनै भेटघाट नभएको बताएका छन् ।
हालै टोटेनहमका मुख्य प्रशिक्षक चयन भएका मोरिन्होले आर्सनलका पदाधिकारीसँग भेट गरेको समाचार बाहिर आएको थियो ।
तर, ५६ वर्षीय मोरिन्होले आर्सनलका फुटबल प्रमुख राउल सन्लेहीसँग भेट भएको कुरामा सत्यता नभएको बताएका छन् ।
'जब राउलसँग भेट भएको कुरा लेखियो । तर, त्यो सत्य थिएन,' मोरिन्होले भने ।
आर्सनलले शुक्रबार मात्र मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ ।
यता, मोरिन्होले भने सन् २०२३ सम्मको लागि टोटेनहमसँग सम्झौता गरेका छन् ।