एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) उपाधि दाबेदार क्लब रियल मड्रिडले डिपोर्टीभो अल्भेससँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले अल्भेससँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार ५:४५ मा सुरु हुनेछ ।
अल्भेसविरुद्ध मैदान उत्रदा रियलको नजर शीर्ष स्थानमा उक्लनु हुनेछ । अल्भेसलाई पराजित गरे रियल कम्तिमा एक दिनको लागि शीर्ष स्थानमा उक्लने छ ।
रियल १३ खेलमा २८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । अल्भेसलाई पराजित गरे रियल बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लनेछ ।
बार्सिलोना १३ खेलमा २८ अंक जोडेर नै शीर्ष स्थानमा रहेको छ । बार्सिलोना गोल अन्तरमा रियल भन्दा अघि रहेको छ । १८ अंक जोडेको अल्भेस १३ औं स्थानमा रहेको छ ।
यस्तै शनिबार रियल सोसीडाडले इबरसँग खेल्दा मोलार्कोले रियल बेटिससँग खेल्नेछ । भ्यालेन्सिया र भिल्ला रियलबीच पनि खेल हुनेछ ।