एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) ६ खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, साविक विजेता म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिग लिडर लिभरपुलले घरेलु मैदानमा ब्राइटनको सामना गर्नेछ । खेल राति ८:४५ मा सुरु हुनेछ ।
एनफिल्डमा ब्राइटनको सामना गर्दा लिभरपुल अपराजित यात्रा कायम गर्ने योजनामा हुनेछ ।
लिभरपुलले १३ खेलमा १२ जित र १ बराबरी खेलेको छ । लिभरपुल एक मात्र अपराजित टिम हो । लिभरपुलले १३ खेलमा ३७ अंक जोडेको छ ।
ब्राइटन भने लिभरपुललाई उसैको मैदानमा स्तब्ध बनाउने योजनामा रहेको छ । १३ खेलमा १५ अंक जोडेको ब्राइटन १२ औं स्थानमा रहेको छ ।
साविक विजेता सिटीले न्युकासलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र न्युकासलबीचको खेल ६:१५ मा सुरु हुनेछ ।
सिटी घरेलु टोलीलाई हराउदै शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी घटाउने योजनामा हुनेछ । १३ खेलमा २८ अंक जोडेको सिटी लिगको तेस्रो स्थानमा रहेको छ । १५ अंक जोडेको न्युकासल लिगको १४ औं स्थानमा रहेको छ ।
यस्तै चेल्सीले घरेलु मैदानमा वेष्ट ह्यामको सामना गर्नेछ । टोटेनहमले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ ।
त्यस्तै बर्नलीले क्रिष्टल प्यालेस र साउथह्याम्पटमले वाट्फोर्डसँग खेल्नेछ ।