एजेन्सी । लिभरपुलका मिडफिल्डर फाबिन्हो अर्को बर्षसम्म मैदान बाहिर रहने भएका छन् ।
च्याम्पियन्स लिग फुटबलका नापोलीविरुद्व उनले पैतालामा चोट बोकेका थिए ।
उनी खेलको १९ औ मिनेटमा मैदान छाडेका थिए । सोही कारण समूह चरणको खेलमा लिभरपुलले नापोलीसंग १–१ गोलको बराबरी खेलेको थियो ।
लिभरपुलले आफ्ना २६ बर्षिया मिडफिल्डरको पैतलाको लिगामेन्ट च्यातिँएको बताएको छ । जसले गर्दा फाबिन्हो नयाँ बर्षसम्म मैदान नर्फकने बताएको छ ।

'फाबिन्हो जस्तो स्तरीय खेलाडी गुमाउनु ठुलो कुरा हो । यसले निकै दुखी बनाएको छ ।' लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भनेका छन् ।
'यो निकै खराब समाचार हो । हामी अझै ढुक्क छैनौ । तर उनी क्रिसमससम्मको खेलमा हामीसंग हुने छैनन् ।' उनले थपेका छन् ।
'उनको स्थानमा सही विकल्प छनोट गरिनेछ । खेलाडीले चोट बोक्ने हामीमात्र क्लब हैनौ । हामीले यसलाई स्विकार गर्नै पर्छ ।' क्लोपले भने ।
लिभपुलले आगामी ३४ दिनमा ११ खेल खेल्नेछ । जसमा प्रिमियर लिग, च्याम्पियन्स लिग, काराबाओ कप र क्लब विश्वकप रहेका छन् ।
फाबिन्होले यस सिजन १३ खेल मध्य १२ खेल सुरुवातमा रहेर खेलेका थिए ।
लिभरपुललाई प्रिमियर लिगमा ८ अंकको स्पष्ट अग्रता छ । क्लबले शनिबार ब्रिङ्टोनलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।