काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मंसिर २८ गतेबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) भिड्ने भएका छन् । खेल दशरथ रंगशालामा हुनेछ ।
पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ ।
फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।
यस पटकको लिग रेलिगेसनसहितको हुनेछ । एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।
पहिलो चरणको खेल तालिका :
मंसिर २८ : मछिन्द्र फुटबल क्लबविरुद्ध बिग्रेड ब्वाईज
मंसिर २९ : संकटा क्लबविरुद्ध च्यासल युथ क्लब
त्रिभुवन आर्मी क्लबविरुद्ध फ्रेन्ड्स क्लब
मंसिर ३० : सरस्वती युथ क्लबविरुद्ध न्युरोड टिम (एनआरटी)
एपीएफ क्लबविरुद्ध मनाङ मर्स्याङ्दी
पुस १ : थ्री स्टार क्लबविरुद्ध जावलाखेल युथ क्लब
नेपाल पुलिसविरुद्ध हिमालयन शेर्पा क्लब