काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक कार्यक्रम बहिस्कार गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आयोजना गरेको खेल तालिका सार्वजनिक कार्यक्रम बहिस्कार गरेको हो ।
एन्फाले लिगको नियमावली उपलब्ध नगराई खेल तालिका सार्वजनिक गरेको भन्दै दुवै क्लबले बहिस्कार गरेको हो ।
लिग कुन आधारमा खेल्ने र क्लबको सेवा सुविधा लगायका कुराहरु तय नगरी खेल तालिका सार्वजनिक गरेको क्लबको भनाई छ ।
मंसिर २८ गतेबाट सुरु हुने लिग फागुन ३ गते सकिने छ ।
यस पटकको लिग रेलिगेसनसहितको हुनेछ । एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।