एजेन्सी । इन्ग्लिश क्लब वुल्भ्स युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको समूह चरणको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागासँग ३-३ गोलको बराबरी खेल्दै वुल्भ्सले नकआउट चरणमा स्थान पक्का गरेको हो ।
ब्रागाको मैदानमा वुल्भ्सका लागि राउल जेमिनिज, म्याट दोहेर्टी र आडमा ट्राओरेले एक एक गोल गरे ।
घरेलु टोलीका लागि आन्द्रे होर्टा, पाउलिन्हो र फ्रान्सेरगियोले एक एक गोल गरे ।
बराबरीसँगै वुल्भ्सले समूह 'के' मा ५ खेलबाट १० अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा रहेको छ ।
ब्रागा ११ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ब्रागा पनि नकआउट चरणमा पुगेको छ ।