एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (बिहिबार) विभिन्न समूहको २४ खेलहरु हुँदैछ ।
युरोपा लिगमा बिहिबार इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, आर्सनल, सेभिया, सेल्टिक, लाजियो, रोमा लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
युनाइटेडले घरेलु मैदानमा कजाकिस्तानको एफसी अस्टनासँग खेल्दैछ । समूह 'एल' मा रहेको युनाइटेड र अस्टनाबीचको खेल राति राति ९:३५ मा सुरु हुनेछ ।
यस अघि नै नकआउट चरणमा पुगिसकेको युनाइटेड घरेलु मैदानमा सहज जितको खोजीमा हुनेछ । युनाइटेड १० अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । यस्तै अस्टना अंक विहीन रहदै पुछारमा रहेको छ ।
समूह 'एफ' मा रहेको आर्सनलले जर्मन क्लब फ्रान्कफर्टसँग घरेलु मैदानमा खेल्नेछ । १० अंक जोडेर शीर्ष स्थानमा रहेको आर्सनल यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
स्पेनिस क्लब सेभियाले क्वाराबागसँग खेल्दा सेल्टिकले रेनससँग खेल्नेछ । लाजियोले क्लुजको सामना गर्दा रोमाले स्तानबुलसँग खेल्नेछ ।