एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सीले भ्यालेन्सियासंग बराबरी खेल्दै अंक बाँडेको छ ।
बुधबार राति समूह एचको खेलमा चेल्सीले भ्यालेन्सियासग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
भ्यालेन्सियाले ४० औ मिनेटमा कार्लोस सोलरको गोलबाट अग्रता लिएको थियो । त्यसअघि घरेलु टोलीका माक्सी गोमेजले दुई सुन्दर गोलका अवसर खेर फालेका थिए ।
लगत्तै अर्को मिनेटमा चेल्सीका माटेव कोभासिसले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।
चेल्सीका फरवार्ड टमी अब्राहमले चोटका कारण पहिलो हाफपछि मैदान छाडेका थिए ।
क्रिस्टियन पुलिसिसले ५० औ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाएका थिए ।
दोस्रो हाफमा किपा अरियाजबलागाले ड्यानियल परेजोको पेनाल्टी रोक्दै चेल्सीको अग्रतालाई जोगाउने काम गरेका थिए ।
खेल सकिन ८ मिनेट बाँकी छदाँ ड्यानियल वासले गोल गर्दै चेल्सीसंग अंक खोस्न सफल रहे ।

बराबरीको नतिजाले चेल्सीको नकआउट चरणको यात्रा कठिन मोडमा पुगेको छ । चेल्सी ८ अंक सहित तेस्रो स्थानमा छ ।
भ्यालेन्सिया समान अंक भएपनि दोस्रो स्थानमा छ । डच क्लब अजाक्स १० अंक सहित शीर्ष स्थानमा छ ।
अन्तिम खेललेनै चेल्सीको नकआउट चरण यात्राको टुङ्गो लगाउनेछ ।