एजेन्सी । लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्न अझै एक खेल पर्खन पर्ने भएको छ ।
बुधबार राति नापोलीसंग १–१ गोलको बराबरी खेलेको घरेलु टोली लिभरपुललाई अघिल्लो चरण पुग्न अझै एक अंक चाहिने भएको हो ।
समूह ईमा शीर्ष स्थानको लिभरपुलको १० अंक छ । दोस्रो स्थानको नापोलीको ९ अंक छ ।
लिभरपुलले समूह चरणको अन्तिम खेलमा रेडबुल साल्जबर्गसंग खेल्नेछ । सो खेलमा अंक जोड्न सफल रहे लिभरपुल नकआउट चरणमा प्रवेश गर्नेछ ।
डेरिस मार्टिन्जले २१ औ मिनेटमा पाहुना टोली नापोलीलाई खेलमा अग्रता दिलाएका थिए । अफसाईट विट गर्दै कठिन कोणबाट उनले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
डिजन लोभरेनले ६५ औ मिनेटमा लिभरपुका लागि बराबरी गोल फर्काएका हुन् ।

पछिल्ला १३ खेलमा अपराजित लिभरपुलले ११ जित र २ बराबरी खेलेको छ ।
लिग कपमा चेल्ससंग सन् २०१८ को सेप्टेम्बरमा पराजित भएपछि लिभरपुल घरेलु मैदानको खेल हारेको छैन । पछिल्ला ६ खेलमा जित निकाल्न असफल नापोलीले एनफिल्ड भ्रमण गरेको थियो ।
अन्तिम खेलमा अंक जोड्न सफल रहेमा दुवै टोली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्नेछन् ।