एजेन्सी । स्पेनीस क्लब एट्लेटिको मड्रिडका युवा स्टार जोआ फेलिक्सले गोल्डेन बोई अवार्ड जितेका छन् ।
युरोपियन क्लब फुटबलमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै पोर्चुगलका फेलिक्सले गोल्डेन बोई अवार्ड जितेका हुन् ।
अवार्ड जित्ने क्रममा २० वर्षे फेलिक्सले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका विंगर जाडोन सान्चो र जर्मनीका मिडफिल्डर केई हाभेर्टलाई पछि पारे ।
बेन्फिकामा गत सिजन १८ गोल गर्दै सनसनी मच्चाएका फेलिक्स यस सिजन १ सय १३ मिलियन पाउण्डमा स्पेनिस क्लब आएका थिए ।
यस सिजन उनले एट्लेटिकोबाट १० ला लिगामा २ गोल गरेका छन् ।
युवा खेलाडीलाई प्रदान गर्ने उदेश्यसहित इटालियन न्युजपेपर टुट्टोसपोर्टले सन् २००३ बाट यो अवार्ड दिन सुरु गरेको हो ।
यस अघि यस अवार्ड वायन रुनी, पाउल पोग्बा, रहिम स्ट्रर्लिङ, मारियो बलाटेली, इस्को, एन्थोनी मार्सियल, म्याथिस डी लिग्ट, केलियन एमबाप्पेले जितिसकेका छन् ।