एजेन्सी । ईङ्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटेनहम अघिल्लो चरण प्रवेश गरेको हो ।
खेलमा २–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै टोटेनहमले जित हासिल गरेको हो ।
मुख्य प्रशिक्षक जोसे माउरिन्होले घरेलु मैदानमा पहिलो जित आत्मसाथ गरेका छन् ।

खेलमा अग्रता पाहुना टोलीले छैटौ मिनेटमा अल अरबीको गोलबाट लिएको थियो । १९ औ मिनेटमा बोर्गेस सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई अप्रत्यासीत २–० को अग्रता दिलाए ।
प्रशिक्षक माउरिन्होले तत्काल ईरिक डायरको स्थानमा क्रिस्टियन इरिक्सनलाई मैदान पठाएका थिए ।
तर डेली अलीले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने कोशिश गरे ।
५० औ मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए ।
सर्ज औरिएरले ७३ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए ।
केनले ७७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए ।

समूह बीको दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोड्यो । ओलम्पियाकोस १ अंक सहित तालिकाको पुछारमा रह्यो ।
शीर्ष क्लब बार्यन म्युनिख यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।