एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन पीएसजीले बराबरी खेलेका छन् ।
मंगलबार राति रियलको घरेलु मैदानमा भएको खेलमा पीएसजीले पुनरागमन बराबरी खेलेको हो ।
रियलसंग २–० ले पछाडी रहेको अवस्थालाई सुधार गर्दै पीएसजीले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै अंक खोस्न सफल रह्यो ।
खेलमा अग्रता रियलले बेन्जिमाकोे १७ औ मिनेटको गोलबाट लिएको थियो ।
७९ औ मिनेटमा बेन्जिमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को अवस्थामा पुर्याएका थिए ।

तर केलियन एम्बाप्पले ८१ औ मिनेटमा गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने कोशिश गरे ।
८३ औ मिनेटमा पाब्लो साराबियाले पीएसजीका लागि बराबरी गोल गरेका थिए ।
दुवै टोलीले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।
क्लब ब्रुगिसले गलातासारेसंग १–१ गोलको बराबरी खेलेपछि रियल समेत अघिल्लो चरण प्रवेश गरेको हो ।
लिग वान च्याम्पियनले शीर्ष स्थानमा रहँदै समूह चरणको खेलको अन्त्य गर्ने पक्का गर्यो । उसले ५ खेलबाट १३ अंक जोड्यो । दोस्रो स्थानको रियलको ८ अंक रह्यो ।