एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले टोरीनोलाई ३-० गोल अन्तरले हराएको छ ।
घरेलु टिमविरुद्ध जित निकाल्न इन्टरका लाउटरो मार्टिनेज, स्टेफान डी भ्रीज र रोमेलु लुकाकुले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा स्टेफानले इन्टरको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ३-० को जित दिलाए ।

जितसँगै दोस्रो स्थानको इन्टरले १३ खेलमा ३४ अंक जोडेको छ । र, युभेन्ट्सविरुद्ध दबाब बढाएको छ । शीर्ष स्थानको युभेन्ट्सको ३५ अंक रहेको छ ।
पराजित टोरीनो १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।