काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले अहिले म्यानमारको यू-२२ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहामा जारी खेलको दोस्रो हाफ चलिरहदा नेपाल र म्यानमारले २-२ गोलको बराबरीमा खेलिरहेको छ ।
खेलको ६० औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । तर, ६४ औं मिनेटमा म्यानमारका लिविन मोए अङले बराबरी गोल फर्काए ।
यसअघि अनन्त तामाङको गोलमा नेपालले खेलको दोस्रो मिनेटमा अग्रता बनाएको थियो । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका हुन् ।
तर, खेलको ४० औं मिनेटमा म्यानमारले बराबरी गोल फर्काउन सफल भयो । म्यानमारका ल्विन मोए अङले बराबरी फर्काए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।