एजेन्सी । ब्राजिली स्टार नेयमार राष्ट्रिय टिम बाहिर परेका छन् ।
ब्राजिलले अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । ब्राजिलले नोभेम्बरमा अर्जेन्टिना र कोरियासंग खेल्दैछ ।
ब्राजिली टिममा गोलकिपर एलिसनले पुनरागमन गरेका छन् । उनी चोटका कारण टिम बाहिर रहेका थिए ।
नाईजेरियविरुद्वको खेलमा चोट बोकेका नेयमार केही हप्ता मैदान रहने पक्का भएको थियो ।
सोही कारण उनले अर्जेन्टिनाविरुद्वको मैत्रीपूर्ण खेल गुमाउने अवस्था आएको हो ।
भिनिसियस जुनियर समेत ब्राजिली टिममा अटाएका छैनन ।
तर रोड्रिगो पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् । त्यस्तै अल्भेस, एभर्टन र एलान समेत टिममा समावेश भएका छन् ।