एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ । प्रिमियर लिगमा आइतबार लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी लगायतका टिमले प्रतिस्पर्धा गर्नेछ ।
लिग लिडर लिभरपुलले बलियो प्रतिद्वन्द्वी चेल्सीको सामना गर्दैछ । चेल्सीको मैदानमा हुने खेल ९:१५ मा सुरु हुनेछ ।
स्टामफोर्ड ब्रिजमा लिभरपुल घरेलु टोलीलाई हराउँदै शीर्ष स्थान कायम राख्न चाहन्छ । लिभरपुल अपराजित यात्रा कायम राख्न चाहन्छ । लिग लिडर लिभरपुलको ५ खेलमा १५ अंक रहेको छ ।
यता, चेल्सी लिभरपुलको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा हुनेछ । तर, बलियो लिभरपुललाई हराउन चेल्सीलाई निकै कठिन हुनेछ ।
चेल्सी घरेलु मैदानमा जित निकाल्दै अंक तालिका समेत सुधार गर्न चाहन्छ । ५ खेलमा ८ अंक जोडेको चेल्सी लिगको नवौं स्थानमा छ ।
यस्तै म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडको सामना गर्नेछ । युनाइटेड उसैको मैदानमा वेष्ट ह्यामलाई हराएर शीर्ष तीनमा पुग्ने योजनामा हुनेछ ।
अर्को उपाधि दाबेदार क्लब आर्सनलले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ । एस्टनलाई हराउँदै आर्सनल लिगमा तेस्रो जित निकाल्न चाहन्छ ।
लिग अन्तर्गत नै आइतबार क्रिष्टलले वुल्भ्ससँग खेल्नेछ ।