एजेन्सी । इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा डर्बी क्लब एसी मिलानलाई २-० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
इन्टरको जितमा मार्सेलो ब्रोजोभिक र रोमेरो लुकाकुले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इन्टरले दुई गोल गरेको थियो । खेलको ४९ औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । इन्टरको यो लगातार चौंथो जित हो ।
जितसँगै इन्टरले ४ खेलबाट १२ अंक जोडेको छ । इन्टर दोस्रो स्थानको युभेन्ट्स भन्दा २ अंक अघि छ ।
मिलानको ४ खेलबाट १२ अंक रहेको छ ।