काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल र भुटान भिड्दै छन् । समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई प्राप्त छ ।
समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो ।
समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।
भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।
पछिल्लो समय युवा परियोजना र ग्रासरुट फुटबलमा ठुलो लगानी गरिरहेको भुटान अन्तराष्ट्रिय फुटबलमा खराब नतिजाको छबी बदल्ने अभियानमा छ ।
नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।