काठमाडौं । बंगलादेशले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा श्रीलंकालाई ३-० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो ।
हलचोकस्थित एपीएफको मैदान बंगलादेशले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।
खेलको पहिलो मिनेटमा तानबिर हुसेनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा फाहिम मोर्सेदले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा फैसल अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'बी' को बंगलादेशले पहिलो खेलमा ३ अंक जोडेको छ । र, सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
श्रीलंकाले भने हारबाट सुरुवात गरेको छ । यस समूहमा बंगलादेश र श्रीलंकासँगै भारत रहेको छ ।समूहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत आइतबार नेपालले भुटानको सामना गर्नेछ ।