एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) साविकको विजेता युभेन्ट्सले हेलास भेरोनाको सामना गर्दैछ ।
एलिनाज स्टेडियममा मैदान उत्रदा युभेन्ट्स तेस्रो जितको खोजीमा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे सुरु हुनेछ ।
अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको युभेन्ट्सलाई घरेलु मैदानमा जित निकाल्न कठिन छैन । किनकि स्टार खेलाडीले भरिएको युभेन्ट्स सामु भेरोना निकै कमजोर टिम हो ।
भेरोनाविरुद्ध युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोलाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ । उनलाई पाउल डिबलाले साथ दिनेछन् ।
युभेन्ट्स घरेलु मैदानमा जित निकाल्दै शीर्ष दुईमा पुग्ने प्रयासमा समेत हुनेछ । ३ खेलमा ७ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा छ ।
यता, भेरोना पनि घरेलु टोलीलाई पराजित गर्दै दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । भेरोनाले ३ खेलमा १ जित १ बराबरी र १ हार व्यहोरेको छ ।
यस्तै लिग लिडर इन्टर मिलानले डर्बी क्लब एसी मिलानको सामना गर्नेछ । खेल एसी मिलानको घरेलु मैदानमा हुनेछ ।
लिग अन्तर्गत नै उडिनेसले ब्रेसियाको सामना गर्नेछ ।