एजेन्सी । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहिबार भएको दुवै सेमिफाइनल खेल वर्षाले रद्द भएपछि भारत र बंगलादेश भाग्यमानी बन्दै फाइनल पुगेको हो । भारी वर्षाको कारण दुवै खेल टस समेत नभई रद्द भएको थियो ।
खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेको हो ।
भारत समूह 'ए' र बंगलादेश समूह 'बी' को विजेता बनेको थियो । दुवै टिम समूह चरणमा अपराजित रहेका थिए ।
फाइनल खेल शनिबार हुनेछ ।