काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटका लागि नेपालले प्रारम्भिक चरणमा २५ खेलाडी छनोट गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधबार प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट प्रारम्भिक चरणमा २५ खेलाडी छनोट गरेको हो । मुख्य प्रशिक्षक जगत टमटाले पहिलो चरणमा १० खेलाडीलाई टिम बाहिर राखेका छन् ।
टिमबाट बाहिरिनेमा ममता थापा, मन्जु बोगटी, ऋतु कनोजिया, सरस्वती पुन, लक्ष्मी चौधरी, रेखा रावल, कविता जोशी, खुसी डंगोल, शोभा आले र कविता गौतम रहेकी छिन् ।
नेपालले सागका लागि गत भदौ २ गतेबाट प्रशिक्षण थालेको थियो । नेपाली टोलीले किर्तिपुरस्थिति टियु मैदानमा प्रशिक्षण गरिरहेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग आगामी मंसिरमा हुँदैछ । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
प्रारम्भिक चरणमा छनोट भएका खेलाडी :
रुबिना क्षेत्री
सिता राना मगर
नेरी थापा
सरिता मगर
काजल श्रेष्ठ
संगीता राई
सबनम राई
अप्सरी बेगम
कविता कुँवर
रोमा थापा
सोनु खड्का
अश्मिना कर्माचार्य
सोमु बिष्ट
शान्ति खतिवडा
ज्योति पाण्डे
करुणा भण्डारी
रश्मी शर्मा
सरस्वती चौधरी
रेवती धामी
ममता चौधरी
अन्जली चन्द
इन्दु बर्मा
डोली भट्ट
बिन्दु रावल
आरती बिडारी