काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ ।
भारतीय प्रशिक्षक पटवालको आमाको बुधबार निधन भएको हो । आमाको निधन भएपछि प्रशिक्षक पटवाल बुधबार राति भारत गएका छन् ।
प्रशिक्षक पटवाल आमाको काम सकेर केहि दिनमा स्वदेश फर्कने नेपाली टिममा मिडिया म्यानेजर सुरज शाक्यले जानकारी दिएका छन् ।
प्रशिक्षक पटवाल नेपाली टिमको प्रशिक्षणमा व्यस्त रहेका थिए । नेपालले घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गरिरहेको छ । नेपाली टिम अहिले क्लोज क्याम्पमा रहेको छ ।