काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा जारी युएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा मोहमद आसिफ शेखलाई ४६ रनमा गुमाएको हो ।
आसिफ मात्र ४ रनले अर्धशतक बनाउन चुकेका छन् । उनले ५३ बलमा ८ चौका प्रहार गरे ।
तेस्रो विकेट गुमाएसँगै नेपालले १९ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ८४ रन जोडेको छ ।
यसअघि नेपालले पवन सर्राफ र रित गौतमलाई सुन्य रनमा गुमाएको थियो ।