एजेन्सी । कुनैपनि स्टेडियममा प्राय खेलहरु हुने गर्छ । तर,अष्ट्रियाको एक फुटबल रंगशालामा रुख रोपिएको छ । जसको चर्चा अहिले निकै चुलिएको छ ।
अष्ट्रीयन क्लब एसके अष्ट्रिया क्लागेफुर्टको मैदानमा रुख रोपिएपछि त्यसले चर्चा पाएको छ ।
विश्वमा देखिएको पर्यावरणको परिवर्तन र बन फडानीबारे जनचेतना फैलाउन स्टेडियममा रुख रोपिएको हो ।
स्विस कलाकार क्लाउस लिटम्यानको पहलमा यस स्टेडियममा करिब ३०० रुखहरु रोपिएको छ । र, ३२ हजार दर्शक क्षमताको रंगशालालाई प्रदर्शनी स्थलको रुपमा विकास गरिएको छ ।
यस्तै मैदानमा रुख रोपिएपछि दोस्रो डिभिजन क्लब क्लागेफुर्ट पनि आफ्नो घरेलु खेल अन्य रंगशालामा खेल्न राजी भएको छ ।





