काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपाल उज्वेकिस्तानसँग २-० ले पछि परेको छ ।पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो ।
नेपालले खेलको ५१ औं मिनेटमा दोस्रो गोल खाएको हो । यसअघि खेलको ३४ औं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो ।
पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई ८-२ ले हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग खेलिरहेको हो ।
पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।