काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा उज्वेकिस्तानविरुद्ध नेपाल १-० ले पछि परेको छ । खेलको ३४ औं मिनेटमा नेपालले एक गोल खाएको हो ।
पहिलो खेलमा घरेलु टोली किर्गीस्तानलाई ८-२ ले हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग खेलिरहेको हो ।
पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।