काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी उज्वेकिस्तानविरुद्धको खेलमा नेपालकी कप्तान निरु थापा घाइते भएकी छिन् ।
खेलको १० औं मिनेटमा हेड गर्ने उज्वेकिस्तानका खेलाडीसँग ठोकिक्दा निरु घाइते भएकी हुन् ।
कप्तान तथा स्ट्राइकर निरु घाइते भएपछि उनको स्थानमा सरु लिम्बु मैदान प्रवेश गरेकी छिन् ।