एजेन्सी । ईटाली युरो कप छनोटको नजिक पुगेको छ । आईतबार राति भएको खेलमा फिनल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै ईटाली युरो कपको नजिक पुगेको हो ।
चिरो इम्मोबिलीले ५९ औ मिनेटमा हेडमार्फत गोल गर्दै ईटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
फिनल्याण्डका पुक्कीले ७२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । नर्विच सिटीका फरवार्ड पुक्कीले पछिल्ला सबै ६ खेलमा ७ गोल गर्न सफल भएका छन् ।
७९ औ मिनेटमा चेल्सी स्टार जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै ईटालीलाई स्पष्ट जित दिलाए ।

ईटालीले तेस्रो स्थानमा अर्मेनियासंग ९ अंकको अग्रता लिन सफल भएको छ । बाँकी चार खेलमा ईटालीलाई अब मात्र चार अंक आवश्यक छ ।
समुह जेको खेलमा शीर्ष स्थानको ईटालीले ६ खेलबाट १८ अंक जोडेको छ । तेस्रो स्थानको अर्मेनियाको ९ अंक छ ।