एजेन्सी । ईडेन हजार्ड बिनाको बेल्जियमले युरो छनोटमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ४–० ले हराएको छ ।
बेल्जियमकाे जितमा मिक्की बत्सुवाईले दुई गोल गरे ।
खेलको ४३ औ मिनेटमा बत्सुवाईले पेनाल्टीमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए ।
५७ औ मिनेटमा ड्राईस मार्टिनेजले बेल्जियमको अग्रता दोब्बर बनाए ।
नासर चार्डिलीले ६३ औ मिनेटमा बेल्जियमलाई ३–० को स्थितीमा पु¥याए ।
बत्सुवाईले खेलको ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
हजार्ड चाेटका कारण बेल्जियमकाे टिम बाहिर रहेका छन् ।

समुह आईमा बेल्जियमले ५ खेलबाट सतप्रतिसत जित निकाल्दै १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।
उसले तेस्रो स्थानको काजकिस्तानसंग ८ अंकको अग्रता लिएको छ । सोही समुहको अर्को खेलमा रुसले स्कटल्याण्डलाई २–१ गोल अन्तरले हराएको छ ।
दोस्रो स्थानको रुसले १२ र चौथो स्थानको स्कटल्याण्डले ६ अंक जोडेको छ ।