काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली भोलि (शनिबार) स्वदेश फर्कने भएका छन् ।
कुवेतसँग उसैको मैदानमा पहिलो खेल खेलेको नेपाली टोली शनिबार बिहान नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोली बिहान ८:२० नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।
तर, शुक्रबार राति भएको छनोटको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको थियो । कुवेतसँगको पहिलो खेलमा नेपाल ७-० ले पराजित भएको थियो ।
बलियो टिम कुवेतविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खाएको थियो । दोस्रो हाफमा भने ५ गोल खादै फराकिलो हार व्यहोर्नु परेको थियो ।
छनोटको समूह 'बी' रहेको नेपाली टोली एक दिन नेपालमा आराम गरेर पुन: छनोटको दोस्रो खेल खेल्न चाइनिज ताईपे जानेछ ।
नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।