एजेन्सी । मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना र चिलीले गोल रहित बराबरी खेलेका हुन् ।
विश्वकप छनोटको तयारी स्वरुप दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए ।
अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सी, एन्जल डी मारिया र सर्जियो अग्युरोबिनै मैदान उत्रिएको थियो । अर्जेन्टिनाको फरवार्ड लाईन पाउलो ड्याबालाले सम्हालेका थिए ।
अर्जेन्टिनाका ड्याबाला र लौटारो मार्टिनेजले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न भने सकेनन् ।

दुई दक्षिण अमेरिकी फुटबलका पावर हाउस टोली कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको प्लेअफमा भिडेका थिए ।
अब अर्जेन्टिनाले मेक्सिकोसंग शुक्रबार मैत्रीपूर्ण फुटबल खेल्नेछ । चिली भने होन्डुरससंग भिड्नेछ ।