एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा स्वीडेनले सहज जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा स्वीडेनले फारोई आइल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
स्वीडेनलाई सहज जित दिलाउन एलेक्सजेण्डर इसाकले दुई गोल गरे । यस्तै भिक्टर लेन्डीलोफ र रोबिन क्विनसनले एक एक गोल गरे ।
जितसँगै समूह 'एफ' को स्वीडेनले ५ खेलबाट १० अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितविहिन आइसल्याण्ड तालिकाको पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा नर्वेले माल्टालाई २-० ले हराएको छ । जितसँगै ८ अंक जोडेको नर्वे तालिकाको तेस्रो स्थानमा रहदा माल्टा ३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।