काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलमा नेपाल ६-० ले पछि परेको छ ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोल खाएको हो । खेलको इन्जुरी समयमा रिधा अबुजा बराले गोल गर्दै घरेलु टोलीलाई ६-० को अग्रता दिलाएका छन् ।