काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा नेपालले घरेलु टोलीसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । र, कुवेतविरुद्ध मैदान उत्रने नेपाली टोलीको प्लेईङ-११ सार्वजनिक भएको छ ।
किरण चेम्जोङको कप्तानीमा मैदान उत्रने नेपाली टोलीको अग्र पंक्ति विमल घर्ति मगरले सम्हाल्ने छन् । प्रशिक्षक योहान कालिनले विमललाई अग्र पंक्ति सम्हाल्ने जिम्मेवारी दिएका छन् ।
नेपालको प्लेईङ -११ :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल,अजित भण्डारी
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान
फरवार्ड : विमल घर्तिमगर
