एजेन्सी । अर्जेन्टिनी फरवार्ड मौरो इकार्डी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका छन् । उनी ईटालियन क्लब ईन्टर मिलानबाट लोनमा पीएसजी आएका हुन् ।
२६ बर्षिया फरवार्डले ईन्टरसंग दुई बर्षको सम्झौता लम्ब्याएका थिए । तर पीएसजीले स्थायी रुपमा अनुबन्धन गर्ने विकल्प सहित इकार्डीलाई क्लबमा ल्याएको हो ।
उनले ६ बर्ष ईन्टरमा बिताएका थिए । इकार्डीले २ सय १९ खेलमा १ सय २४ गोल गरेका थिए ।
'म आफ्नो नयाँ टिमलाई सबै प्रतियोगितामा जति सक्दो अघि बढ्न मदत गर्न सबै चिज दिनेछु ।' इकार्डीले भनेका छन् ।
'पीएसजी अन्तराष्ट्रिय फुटबलको पावर हाउस हो । जोसंग पछिल्लो समय विश्व फुटबलका महान खेलाडी जोडिएका छन् ।

'पेरिसमा गतिविधि निकै बलियो छ । महत्वकाक्षा धेरै छ । मलाई लाग्छ, हामीलाई अगाडी बढ्न सक्ने चिज छ ।' उनले थपे ।
इकार्डीको आगामनसंग रियल मड्रिडका किलर नाभास समेत पीएसजी आएका छन् ।
३२ बर्षका कोस्टारिकाका अन्तराष्ट्रिय खेलाडी फ्रेन्च च्याम्पियन क्लबसंग चार बर्षको सम्झौता गरेका छन् ।