एजेन्सी । इन्ग्लिश क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर माटियो डार्मिन इटालियन क्लब पर्मामा अनुबन्धित भएका छन् ।
सिरी 'ए' क्लब पर्माले डार्मिनलाई ४ वर्षको लागि अनुबन्ध गरेको छ । इटालियन डिफेन्डर डार्मिन सन् २०१५ मा इन्ग्लिश क्लब आएका थिए ।
लुइस भान गालले डार्मिनलाई टोरिनोबाट अनुबन्ध गरेको थियो ।
२९ वर्षे डिफेन्डर डार्मिनले युनाइटेडबाट ९२ खेल खेलेका छन् । उनले युनाइटेडबाट एक एफए कप उपाधि जितेका थिए ।