काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालको राष्ट्रिय फुटलब टिम स्वदेश फर्किएको छ ।
भारतमा भएको पाँचौ संस्करणको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली आज (आईतबार) साँझ नेपाल आईपुगेको हो ।
भारतमा भएको उमेर समुहको साफ च्याम्पियनसिपमा नेपाली टिम उपविजेतामा सिमित बनेको थियो । उपाधि भिडन्तमा नेपाली टिम घरेलु टोली भारतसंग पराजित भएको थियो ।
नेपाली टिम फाईनलमा भारतसंग ७–० गोल अन्तरले हारेको थियो ।
नेपाल पछिल्ला संस्करणमा भारतसंग पराजित हुदै उपाधिबाट बिमुख हुँदै आएको छ ।