एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले रोमान्चक जित निकालेको छ । आइतबार भएको खेलमा एभर्टनले वुल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लीसनले दुई गोल गरे । यस्तै एलेक्स इओबीले एक गोल थपे । वुल्भ्सका रोमेन साइस र राउल जेमिनेजले एक एक गोल फर्काए ।
निकै रोमान्चक बनेको खेलमा रिचार्लीसनले पाँचौ मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा वुल्भ्सका रोमेनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको १२ औं मिनेटमा इओबीले गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए । ७५ औं मिनेटमा वुल्भ्सका जेमिनेजले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । त्यसपछि ८० औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ३-२ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा विली वोलीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा वुल्भ्स १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एभर्टनले ४ खेलबाट ७ अंक जोडेको छ । एभर्टन पाँचौ स्थानमा रहेको छ । वुल्भ्सको ४ खेलबाट ३ अंक रहेको छ ।