काठमाडौं । भारतमा सम्पन्न पाचौं संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली यू-१५ टिम आज दिउँसो नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम दिउँसो ३:३० बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।
भारतको कोलकत्तास्थित कल्याणीमा शनिबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । भारतले नेपाललाई ७-० गोल अन्तरले हराएको थियो ।
भारतसँग हारेसँगै नेपाल तेस्रो पटक उपविजेतामा सिमित बन्न पुगेको थियो ।
नेपाललाई पराजित गर्दै आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यसअघि सन् २०१३ र २०१७ मा नेपाल भारतसँगै फाइनलमा पराजित भएको थियो ।
रोउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल दोस्रो र भारत शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेका थिए ।