एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लेष्टरले बर्नेमाउथलाई ३-१ गोल अन्तरले हराएको हो ।
लेष्टरको जितमा जेमी भार्डीले दुई गोल गरे । यस्तै युरी टेलिमान्सले एक गोल गरे । बर्नेमाउथका कलम विल्सनले एक गोल फर्काए ।
जितसँगै लेष्टर ४ खेलबाट ८ अंक जोडेको छ । र, लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ । बर्नेमाउथले ४ खेलबाट ४ अंक जोडेको छ ।
प्रिमियर लिग अन्तर्गत नै शनिबार क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई १-० ले हराएको छ । यस्तै वेष्ट ह्यामले नर्विच सिटीलाई २-० ले पराजित गर्दा न्युकासल र वाट्फोर्डले १-१ गोलको बराबरी खेलेको छ ।